काठमाडौं । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाडौंस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौताबमोजिम ल्याबबाट प्रदान गरिंदै आएका सेवाहरूमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २०% र बाह्य ल्याब टेष्टमा १०% सम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
२३ वर्षको बैंकिङ इतिहास रहेको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरूमार्फत सेवा दिँदै आएको छ ।
FACEBOOK COMMENTS