काठमाडौं । एनआईसी एशिया बैंकको २७ औं वार्षिक साधारण सभा काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।
बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरुमा छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु.१०० का दरले रु। ५ अर्ब बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर (NIC ASIA Perpetual Non-Cumulative Preference Share) जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
FACEBOOK COMMENTS