काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ ।
२०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारीबाट बैंकिङ सेवा सुरु गरेको बैंकले कर्मचारीको प्रोत्साहनका लागि सम्मान गरेको जनाएको छ । बैंकले चैत १ लाई वर्षेनी कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले अठारौँ वर्षपू् पूरा गरी उन्नाइसौँ वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने वार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते यो बैंकको वार्षिक उत्सवको दिन हो ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरि जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरे । बैंकमा हाल १८ सय कर्मचारीहरु कार्यरत रहेका छन् ।
मारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
FACEBOOK COMMENTS