काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नयाब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयले डीआईजीहरू चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिका कारण २०८१ चैत ४ गते तत्कालीन महानिरीक्षक वसन्त कुँवरसहित उनका ब्याचका एआईजीहरू अवकाशमा गएपछि ६ पद रिक्त भएको थियो ।
काे-काे परे बढुवा सिफारिसमा ? हेर्नुहाेस् सूची-
FACEBOOK COMMENTS