काठमाडौं । एमएडब्लू वृद्धिले नेपालमा १०० भन्दा बढी इभी चार्जिङ स्टेशनहरू बनाउने भएको छ । एमएडब्लू वृद्धिको प्रमुख इभी ब्रान्ड अन्तर्गत उत्सव मनाएको छ ।
एमएडब्ल्यू वृद्धि नयाँ नेटवर्क सीसीएस२ टाइप डीसी फास्ट चार्जर्सले नेपालभर १०० भन्दा बढी बनाएको छ । काठमाडौं, पोखरा, विराटनगर र चितवन जस्ता राजधानी शहरहरूदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता टाढाका क्षेत्रहरूमा स्टेसन बनाएको छ । यो क्षेत्रमा ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन्स) दुवै चार्जरहरू छन् ।
एमएडब्ल्यू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले भने, “यो केवल नम्बर होइन, यसले नेपालको हरित भविष्यप्रतिको हाम्रो प्रतिबद्धताको प्रतीक हो । हाम्रो निरन्तर बढ्दो नेटवर्कद्वारा, हामी नेपालीहरूलाई विश्वासका साथ विद्युतीय गतिशीलतामा जान सक्षम बनाउँछौं, र हामी भर्खरै सुरु गर्दैछौं।”
FACEBOOK COMMENTS