काठमाडौं । सहकारीको बचत अपचलनको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सोमबार सुनुवाइ भएन ।
न्यायाधीश हरिप्रसाद फुयालले उक्त मुद्दा नहेर्ने भएपछि लामिछानेको रिटमा आज सुनुवाइ नभएको हो । अर्को पेसी भोलि मङ्गलबारलाई तोकिएको छ ।
आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै लामिछानेले श्रीमती निकिता पौडेलमार्फत हिजो आइतबार सर्वोच्चमा निवेदन दिएका थिए ।
उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि आज न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी तोकिएको थियो । तर, न्यायाधीश फुयालले उक्त मुद्दा नहेर्ने बताएका हुन् ।
आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेश बदरको माग गर्दै पनि लामिछानेले निवेदन दिएका थिए, जसमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ ।
FACEBOOK COMMENTS