एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी आक्रमणप्रति चिन्ता व्यक्त गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भवतः ‘युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने’ बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग रोममा सम्पन्न भेटपछी ‘ट्रुथ सोसल’ मार्फत व्यक्त विचारमा ट्रम्पले पुटिनसँग व्यवहार गर्ने तरिकामा फेरबदल हुन सक्ने सङ्केत पनि गरे ।
“नागरिक क्षेत्रमा, शहर र गाउँहरूमा क्षेप्यास्त्र आक्रमण गर्नुको कुनै जायज कारण देखिँदैन । यसले मलाई यस्तो अनुभूति दिएको छ कि पुटिन सम्भवतः युद्ध अन्त्य गर्न गम्भीर हुनुहुन्न,” ट्रम्पले उल्लेख गरे ।
“उहाँले मलाई केवल समय कटाइरहनु भएको जस्तो लाग्छ र अब उहाँप्रति फरक रणनीति अपनाउनुपर्ने हुनसक्छ ? अहिले धेरै निर्दोष मानिसहरू मारिइरहेका छन् ।”
यसैबीच, क्रेमलिनले जनाएको अनुसार, रूसी राष्ट्रपति पुटिनले शुक्रबार मस्कोमा अमेरिकी प्रतिनिधि स्टिभ विटकोफसँगको भेटमा युक्रेनसँग बिना पूर्वशर्त वार्ता गर्न तयार रहेको बताए ।
FACEBOOK COMMENTS