काठमाडौं । सरकारले सङ्घीय निजामती सेवा ऐन संसद्को चालु अधिवेशनबाटै ल्याउने भएको छ ।
आज शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशनबाटै सङ्घीय निजामती सेवा विधेयक पारित गरिने बताएका हुन् ।
‘निजामती कर्मचरीको सेवासुविधा र व्यवसायजन्य सुरक्षालाई उत्प्रेरक र पूर्वानुमानयोग्य बनाई राष्ट्रसेवकलाई उच्च मनोबलयुक्त बनाइने छ,’ उनले भने, ‘सङ्घीय निजामती सेवासम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने छ ।’
FACEBOOK COMMENTS