काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
शुक्रबार साँझदेखि भएको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका–१०, दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएको भएका छन ।
मेसिन ल्याएर सडक खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक थापाको भनाइ छ ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ ।
बागलुङ नगरपालिकाको विभिन्न स्थानसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारे लगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारी साधान ठप्प भएका छन् ।
करिडोर भएर बुटवल, भैरहवालगायतका ठाउँमा चल्न सवारी साधान ठप्प हुनुका साथै मुक्तिनाथ जाने पर्यटक पनि रोकिनु परेको छ ।
FACEBOOK COMMENTS