काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पुनः तरलता संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले आज, असार ४ गते, बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्ने तयारी गरेको हाे।
राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे उक्त निक्षेप संकलनका लागि बोलकबोल हुनेछ। यस प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका गुणांका रूपमा बोलकबोल गर्न सक्नेछन्। यदि आह्वान गरिएको कुल रकमभन्दा बढी बोलकबोल भएमा बाँकी भाग निस्क्रिय हुनेछ।
निक्षेप संकलन उपकरणमा बोलकबोल ब्याजदरको आधारमा गर्नुपर्नेछ, र इच्छुक बैंकहरूले फरक–फरक ब्याजदरमा बहुबोलकबोल गर्न सक्नेछन्। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
यो निक्षेप संकलन ३५ दिन अवधिको हुनेछ, जसको साँवा तथा ब्याज भुक्तानी साउन ७ गते गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
असार महिनामा राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनको यो दोस्रो प्रयास हो। यसअघि असार १ गते केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँको तरलता संकलन गरेको थियो।
FACEBOOK COMMENTS