काठमाडौं । एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटअन्तर्गत अहिले नेपाल र सिङ्गापुरबीचको खेल जारी छ ।
मलेसियामा जारी यस खेलमा सिङ्गापुरले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । यस खेलमा नेपालले उत्कृष्ट सुरूआत गरेको छ ।
यो समाचार तयार पार्दासम्म सिङ्गापुरले २८ ओभरको खेलमा ५ विकेट गुमाएर ११२ रन बनाएको छ । नेपाली बलर कप्तान विपिन शर्माले ४ विकेट लिएका छन् भने शुभम खनालले एक विकेट लिएका छन् ।
FACEBOOK COMMENTS