काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ ।
पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार बैठक आज बिहान ११ बजे बस्ने छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा समसामयिक राजनीतिक सन्दर्भसहित विभिन्न विषयहरूमाथि छलफल हुने अर्यालले जानकारी दिए ।
पतञ्जलि जग्गा घोटालामा अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि सचिवालय बैठक बस्न लागेको हो ।
FACEBOOK COMMENTS