काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यूटावर’ निर्माणको जिम्मा लिएका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।
उनलाई शुक्रबार अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोड रुपैयाँको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
FACEBOOK COMMENTS