काठमाडौं । नेपाल बैंक लिमीटेड र सौन्दर्य तथा छाला उपचार सेवामा विशेषज्ञता हासिल गरेको संस्था ‘लेट मी इन प्रालि’ बीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापछि बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले लेट मी इन प्रालिमार्फत प्रदान गरिने विभिन्न सौन्दर्य सेवाहरूमा आकर्षक छुट पाउने भएका छन् ।
काठमाडौंको नयाँ बानेश्वरस्थित ‘लेट मी इन प्रालि’ ले कोरियन प्रविधिमा आधारित अत्याधुनिक एस्थेटिक्स सेवा प्रदान गर्दै आएको छ । अबदेखि बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूले उक्त क्लिनिकमा उपचार गराउँदा ८ देखि १५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र ‘लेट मी इन प्रालि’ का प्रबन्ध निर्देशक डोङ सु माबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
यस सहकार्यबाट ग्राहक तथा कर्मचारी सन्तुष्टिमा वृद्धि हुने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् । विशेषगरी स्वास्थ्य र सौन्दर्यप्रति बढ्दो सचेतनाका बीच यसप्रकारको सहकार्यले निजी तथा पेसागत जीवनमा आत्मविश्वास र आत्मसन्तुष्टि जगाउने अपेक्षा गरिएको छ ।
नेपाल बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले अब लेट मी इन प्रालिबाट अनुहार तथा छालाको उपचार, बोटोक्स, फिलर, लेजर उपचार, स्किन व्हाइटनिङ, हाइड्राफेसियल, एन्टी–एजिङ आदि सेवाहरू छुटसहित प्राप्त गर्न सक्नेछन् ।
बैंकले आफ्ना कर्मचारी र ग्राहकहरूको हितका लागि समयानुकूल विभिन्न सेवा साझेदारी विस्तार गरिरहेको सन्दर्भमा यो सम्झौतालाई एक सकारात्मक कदमको रूपमा हेरिएको छ ।
लेट मी इन प्रालिले स्वास्थ्य र सौन्दर्य सेवामा अन्तर्राष्ट्रियस्तरको सेवा नेपालमै उपलब्ध गराउने उद्देश्य राखेको बताएको छ ।
यो सम्झौताबाट बैंकका कर्मचारी र ग्राहकहरूले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ । सौन्दर्यमा सजग र सचेत समाज निर्माणका लागि यसप्रकारका सहकार्यहरू समयानुकूल र प्रेरणादायक बन्ने बैंकको विश्वास छ ।
बैंक र लेट मी इन प्रालिबीचको यो सहकार्यले सौन्दर्य उपचार क्षेत्रको व्यावसायिकता र सेवाको दायरा विस्तार गर्ने मात्र नभई ग्राहकप्रति उत्तरदायित्व निर्वाह गर्ने उदाहरणीय कदमका रूपमा पनि स्थापित हुने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS