काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत स्मृति राज कंडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरूको जीवन सुरक्षालाई लक्षित गरी जीवन बीमा सुविधा उपलब्ध गराइनेछ । कर्मचारीहरूको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ गर्ने उद्देश्यले गरिएको यस सम्झौताले कर्मचारीलाई बीमामार्फत थप सुरक्षा तथा जोखिम व्यवस्थापनको सुविधा प्रदान गर्ने विश्वास गरिएको छ ।
सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा सहभागी पदाधिकारीहरूले कर्मचारीहरूको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्व रहेको उल्लेख गर्दै यस प्रकारको सहकार्यले दुई संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
नेशनल लाइफ इन्स्योरेन्सले ग्राहक तथा संस्थागत साझेदारहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न प्रकारका जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ ।
