महोत्तरी । बजाज मोटरसाइलको विक्रेता रामजानकी अटो बर्दिबासले ‘माइलेज च्याम्पियन’ कार्यक्रम सम्पन्न गरेको छ । बिर्ता फुटबल मैदान गौशालामा भएको मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा ६५ जना सहभागी थिए ।
प्रतिस्पर्धामा चन्डेश्वर सिंह ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी विजेता बन्न सफल भए ।
त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित फर्स्ट रनरअप बने भने ८० किलोमिटर माइलेजसहित सेकेन्ड रनरअपको उपाधि गोपाल महतोले प्राप्त गरे ।
कार्यक्रमले मोटरसाइकल प्रयोगकर्ताहरूमा इन्धनको उचित उपयोग र माइलेज वृद्धि गर्ने प्रविधि र सीपप्रति रुचि बढाएको आयोजकहरूले जनाएका छन् । उक्त कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र/सम्मानपत्र प्रदान गरिएको थियो ।
FACEBOOK COMMENTS