काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक यही असार २४ गते पुनः बस्ने भएको छ । बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेकाले पुनः बस्ने गरी स्थगित गरिएको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, समाजवादी मोर्चाका गतिविधि, वामपन्थी शक्तिबीच एकतालगायत विषयमा छलफल गरिएको हो ।
अध्यक्ष नेपाललाई विशेष अदालतमा दायर भएको मुद्दा, संसदीय दलको नेताको विकल्प, पार्टी नेतृत्वका बारेमा उठेका कानुनी एवं व्यावहारिक पक्षका बारेमा छलफल गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
पार्टी नेतृ रामकुमारी झाँक्रीलाई सोधिएको स्पष्टिकरणका बारे छलफल गरिएको बैठकमा पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यप्रगतिको समीक्षा, आन्तरिक विवाद समाधानबारे समीक्षा गरिएको छ ।
मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, विभागलाई पूर्णता दिने तथा नेताहरूको जिम्मेवारी, पार्टीको आगामी रणनीतिका विषयमा छलफल गरिएको जनाइएको छ ।
FACEBOOK COMMENTS