काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेशन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाउँदै छ । यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरहरूलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेञ्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन आमन्त्रण गर्दै छ । जुन इभेन्टको आयोजना यही असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूमहरूमा हुने छ ।
यस विशेष उत्सवको एक भागस्वरूप ग्राहकहरूले ७ हजार रुपैयाँसम्मको नगद छुट तथा केवल ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्ने छन्, जसले यामाहा किन्न अझ सजिलो र सुविधाजनक बनाउने छ ।
त्यस्तै, कुनै पनि ब्राण्डको बाइक वा स्कुटरमा २५ हजार रुपैयाँको न्यूनतम मूल्याङ्कन, अतिरिक्त १० हजार रुपैयाँसम्मको भ्यालुएशन बोनस, निश्चित मोडेलमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई, फ्लेक्सिबल फाइनान्स अप्शन, २ वर्ष ट्याक्स–फ्री–राइड–फ्री अफरको सुविधा छ, जसले बाइक किन्न झन्झटमुक्त र सहज बनाउने छ ।
यस सन्दर्भमा आफ्नो धारणा राख्दै एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने, ‘यामाहाको ७०औं वार्षिकोत्सव केवल समयको होइन, विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो । नेपालमा यामाहा सधैंभरि पर्फर्मेन्स, भरोसा र इनोभेशनको अर्थ बुझ्ने राइडरहरूको रोजाइको ब्राण्ड बन्दै आएको छ । यो राष्ट्रव्यापी एक्सचेञ्ज क्याम्पेनमार्फत हामी ग्राहकलाई यामाहाको यो लिजेन्डरी यात्राको हिस्सा बन्ने अवसर दिइरहेका छौं, त्यो पनि यामाहा राइड गरेजस्तै रमाइलो अफरसँगै ।’
यो क्याम्पेन केवल एक्सचेञ्ज मात्र होइन, यो त यामाहाको ७० वर्षदेखिको उत्कृष्टता र गौरवको उत्सव हो भने विश्वसनीय जापानी इन्जिनियरिङ र पुस्तौंदेखि कायम गुणस्तरको प्रतिबद्धतालाई एकसाथ ल्याउने अवसर पनि हो ।
एमएडब्लू राइड्सअन्तर्गतको यामाहा नेपालले आफ्नो अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फराकिलो राष्ट्रव्यापी नेटवर्कका साथमा नेपालको दुईपाङ्ग्रे बजारको निरन्तर नेतृत्व गर्दै आएको छ । दैनिक प्रयोगका लागि बनाइएको स्कुटरदेखि थ्रिल खोज्नेहरूका लागि डिजाइन गरिएका मोटरसाइकलहरूसम्म, यामाहाले सबैका लागि उत्कृष्ट मूल्य र राइडिङ अनुभव उपलब्ध गराइरहेको छ ।
FACEBOOK COMMENTS