काठमाडौं । लगातार आठ वर्षसम्म विश्वको नम्बर वान इलेक्ट्रिक दुईपाङ्ग्रे ब्राण्ड बन्न सफल भएको उपलब्धिलाई स्मरणीय बनाउन याडिया नेपालले नेपाली ग्राहकहरूका लागि एक विशेष उपहारमूलक अफर ल्याएको छ ।
सुविधा, स्टाइल र शक्ति सबैमा अग्रणी स्कुटर दाबी गरिएको याडिया ‘ई–एट–एस प्रो’ को मूल्य अब एक लाख ८५ हजार रुपैयाँ मात्र तोकिएको छ । योभन्दा पहिले सो स्कुटर दुई लाख ३० हजार रुपैयाँमा बिक्री भइरहेको थियो । यसअनुसार अब ग्राहकले पहिलेभन्दा ४५ हजार रुपैयाँ कम मूल्यमै सो स्कुटर पाउने छन् ।
नेपालका लागि याडियाको आधिकरिक वितरक कुजु नेपाल प्रालिले थप खुसी बाँड्दै प्रत्येक खरिदमा ग्राहकहरूलाई याडिया ब्राण्डको हेल्मेट, रेनकोट र पेन उपहारस्वरूप प्रदान गर्ने बताएको छ ।
‘हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिला ग्राहकहरूलाई जान्छ । यो अफर उहाँहरूप्रतिको हाम्रो कृतज्ञता हो,’ कुजु नेपाल प्रालिका प्रतिनिधिले भने ।
स्मार्ट, शक्तिशाली र आकर्षक इलेक्ट्रिक स्कुटर मानिने याडिया ई–एट–एस प्रोमा शक्ति, प्रविधि र आरामको उत्कृष्ट संयोजन पाइन्छ । यसको उच्चतम गति ६० किलोमिटर प्रतिघण्टा छ । यसमा ७२ भोल्ट, ३८ एएचको ग्राफिन ब्याट्री छ, जसले सिङ्गल चार्जमा १५० किलोमिटरको रेञ्ज दिने बताइएको छ ।
तीन हजार वाटसम्मको मोटर पावर रहेको सो स्कुटरमा १२ इञ्चका आकर्षक अलोय रिम, हाइड्रोलिक सस्पेन्सन, ३२ लिटरको अन्डरसिट बुट स्पेस तथा ड्यासबोर्डमा चम्किलो डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटर छन् ।
सीमित समयका लागि उपलब्ध यो छुटको सदुपयोग गरी सुलभ मूल्यमा प्रिमियम इलेक्ट्रिक स्कुटर पाउने अवसर नगुमाउन कम्पनीले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS