काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडलाई दिएको छ । संस्थाले आगामी साउन १ गतेदेखि लागू हुने गरी यो नियुक्ति गरेको हो ।
यस निर्णयसँगै अब स्वावलम्बन लघुवित्तका सम्पूर्ण शेयरसम्बन्धी प्रक्रियाहरू एनआईएमबी एस क्यापिटलमार्फत सञ्चालन हुनेछन् ।
एनआईएमबी एस क्यापिटलले शेयरधनीहरूलाई शेयर अभिलेखीकरण, नामसारी, लाभांश वितरण जस्ता सेवाहरू प्रदान गर्नेछ ।
FACEBOOK COMMENTS