काठमाण्डौ । लकडाउनका कारण बन्द रहेको काठमाण्डौका गैरीधारा टंगाल स्थित भोजघर रेष्टुरेन्ट, बार एण्ड लाउन्जले आजबाट सेवा सुचारु गरेको छ । नेपालीहरुका परम्परागत खानाका प्रकार ढिंडो , गुन्द्रुकको झोल, फापरको रोटी , थकाली खानाको परिकार, ट्राउट माछाका झोलसंगै इन्डियन र चाइनिज खाना पनि पाइन्छ । भोजघर रेष्टुरेन्ट एण्ड बारका निर्देशक रमेश गिरीले भोजघरको मुख्य भोजघरचैं नँया बजारमा खुल्ने र केही महिना भित्रै काठमाण्डौ उपत्काकाको विभिन्न सातवटा ठाँउमा यसका शाखा भोजघरहरु खोल्ने तयारीमा रहेको बताए ।भोजघरको विशेषता भनेको ठाँउ नै रहेको उनको भनाई छ । ‘ग्राहकहरुलाई सन्तुटी दिने वातावरण माझ गैरीधाराको पुरानो राणाकालीन घरमा यस भोजघर संचालनमा ल्याएका हौं ‘ उनले भने ।
होटल व्यवसायमा बिताएको १७ —१८ वर्षको इतिहासमा यो ठाँउ हामीलाई उपयुक्त लागेकाले भोजघरको लागि यो ठाँउलाई छनौट गरिएको उनले स्पस्ट पारे । ‘यो घर मेनबाटोबाट भित्र र राणकालीन घर भएकाले पनि यस भोजघरले ग्राहकहरुलाई आकर्षित गर्ने आशा लिएका छौं’ उनले भने । ‘यस भोजघरको अर्को विशेषता भनेका यहाँ पाइने खाना विषादीमुक्त हाइजेनिक रहेको छ । यसमा हामीले विशेष ध्यान दिएका छौ’ उनले थप्दै भने ।
भोजघर नाम राख्ने विषयमा होटल मनाङ्गका कार्यकारी निर्देशक र भोजघरका प्रा लिका कार्यकारी निर्देशक देवेन्द्र के.सीले यो नाम जुराएको उनले जानकारी दिए । यस भोजघरको विशेषतामा रेष्टुरेन्टसंगै, भी आइ.पी. हरुका लागि दुइवटा केविन, केविन बार, जन्म दिन, विवाहको इंगेजमेण्टसंगै विवाह समारोहका लागि पनि व्यवस्था मिलाइनु हो । ‘ यस भोजघरले हामीले दिने सेवाबाट आफनो पहिचान निर्धारण गर्ने आशा हामीले लिएका छौ’ गिरीले उत्साहका साथ भने ।
FACEBOOK COMMENTS