काठमाडौं । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । नेपालमा पनि आज यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिवस मनाउन थालिएको हो । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यताअनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाउने गरिएको छ ।
मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता रहने गरेको पाइन्छ । कृषि तथा उत्पादनमूलक र श्रम क्षेत्रमा पनि युवाहरूको उपस्थिति ठूलो छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरू सहरकेन्द्रित भइरहेका छन्, विदेश पलायन भइरहेका छन् ।
नेपालको जनगणना, २०७८ को तथ्याङ्कअनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२.५६ प्रतिशत छ ।
FACEBOOK COMMENTS