काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा ओली र भण्डारीबीच भेटवार्ता भएको हो ।
यस भेटमा पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनरागमनबारे छलफल भएको छ । दुवै नेताबीच हुने यस भेटवार्तालाई एमालेका नेता कार्यकर्ताले विशेष चासो दिएका छन् ।
पार्टीका शीर्ष नेताहरू यस भेटवार्तालाई नजिकबाट हेर्न पार्टी कार्यालय च्यासलमै पुगेका छन् । यस भेटवार्तालाई भण्डारीको राजनीतिमा पुनरागमनको दिशा तय गर्ने भेट भनिएको छ ।
एमालेको हालै बसेको सचिवालय र शनिबार सम्पन्न पोलिटब्युरो बैठक विवाद मिलाउन अध्यक्षसमेत रहेका ओलीलाई जिम्मा दिइएको थियो । सोही अनुसार आज छलफल गर्न ओलीले भण्डारीलाई बोलाएको बताइएको छ ।
भण्डारीले यसअघि नै आफ्नो एमालेको सदस्यता नवीकरण गरिसको दाबी गरेकी छन् भने एमालेले भण्डारीको सदस्यता नवीकरण होल्डमा रहेको र पार्टीको उच्च तहले निर्णय गर्नुपर्ने बताएको छ ।
FACEBOOK COMMENTS