काठमाडौं । नेकपा एमालेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक्ने निर्णयप्रति नेता कार्यकर्ताले प्रतिक्रिया दिन सुरू गरेका छन् ।
यसैबीच एमाले काठमाडौँका अध्यक्ष दिपक निरौलाले एमालेको इतिहास सम्झाउँदै मदन भण्डारीलाई बोल्न नदिएको र केपी ओलीले उपत्यका छोडेपछि बैठक बस्ने इतिहास रहेको उल्लेख गरेका छन् ।
भण्डारीनिकट मानिने निरौलाले मदन भण्डारीलाई बोल्न नदिएर ओलीलाई बैठकमा नबोलाएर आन्दोलन नरोकिएको उल्लेख गर्दै एमाले यसैको पृष्ठभूमिमा अगाडि बढेको बताएका छन् ।
उनले भनेका छन्, ‘इतिहास साक्षी छ, पाँचौं महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाइ बोल्न नदिएको । यसैगरी बहुदलीय जनवादको विषय सुरू गर्दा सुरूमा साथ दिने पनि न्यून नै थिए । यसैगरी केपी ओलीले उपत्यका छोडेपछि बैठक बस्ने विगत पनि भोगेकै हो । केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन गरेर आन्दोलन रोकिएन । यसैको पृष्ठभूमिमा अगि बढेको एमाले हो ।’
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS