काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको भोटाहिटी शाखाले सुनका गरगहना धितो राखी कर्जा लिएका ऋणीले समयमै कर्जा नतिरेपछि लिलामको प्रक्रिया अघि बढाएको छ ।
२०७६ साल चैत १२ गते रुरु थोर्गा–१ का गणेश ज्ञवालीले एक थान लकेट र एक थान औँठी (अन्दाजी १२ ग्राम) सुन धितो राखी लिएको कर्जाको म्याद सकिएको तथा पटक–पटक ताकेता गर्दा पनि चुक्ता नगरेपछि बैंकले सुन लिलामी प्रक्रिया अघि बढाएको बताएको छ ।
जस अनुसार सूचना जारी भएको ३५ दिनभित्र कर्जाको सावाँब्याज चुक्ता नगरे ३६औँ दिनमा लिलाम बढाबढमार्फत बेचबिखन गरिने बैंकले जनाएको छ ।
स्मरणीय छ, एक तोला सुनमा ११ दशमलव ६६४ ग्राम हुन्छ ।
कीर्तिमानी मूल्यको नजिक पुगेर घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
FACEBOOK COMMENTS