काठमाडौँ । कोलम्बियाका लेफ्ट विंगर लुइस डियाजले बायर्न म्युनिखसँग चार बर्षको सम्झौता गरेका छन् ।
डियाजले लिभरपुल छोडेर जर्मनी च्याम्पियन बायर्न म्युनिख गएका हुन् ।बायर्न म्युनिखले डियाजसँग २०२९ को जुन ३० सम्मका लागि सम्झौता गरेको जानकारी दिएको छ । बायर्न म्युनिखमा डियाजले १४ नम्बरको जर्सी लगाउने भएका छन् ।बायर्नले डियाजलाई लिभरपुलबाट ७५ मिलियन युरोमा किन्न सहमत भएको बताइएको छ ।
२८ बर्षिय डियाज २०२१ मा पोर्चुगिच क्लब पोर्टोबाट लिभरपुल आएका थिए । उनले लिभरपुलमा १४८ खेल खेल्दै ४१ गोल गरेका छन् भने २३ गोल असिस्ट पनि गरेका छन् । लिभरपुलमा डियाजले २०२१-२२ सिजनमा च्याम्पियन्स लिग, गत सिजनमा प्रिमियर लिग, दुई इएफएल कप तथा एफए कप र कम्युनिटी शिल्ड जितेका छन् ।
FACEBOOK COMMENTS