काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको एक सयले बढेर तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको एक लाख ९६ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २३४० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार चाँदी तोलाको २३२५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS