अन्जनराज न्यौपाने
तनहुँ ६ श्रावण – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वन मन्त्री शंकर भण्डारीले नेपाली काँग्रेस आत्मानुशासनको कमीका कारण धरापमा परेको बताएका छन्। नेपाली काँग्रेस नगर कार्य समितिद्वारा आज आयोजित विपि स्मृति सभा एवम् वृक्षरोपण कार्यक्रमका अवसमा बोल्दै केन्द्रीय सदस्य भण्डारीले नेपाली काँग्रेसको संगठन सुदृढीकरण नहुदाँ ,गुटउपटमा कार्यकर्ता लाग्दा विपिको विचार र सिद्धान्त ओझेलमा परेको बताए । साथै उनले नाताबाद र कृपाबादका कारण कांग्रेसले मुलुकै भर पराजय भोग्न वाध्य बनेको कुरा राखे । अब पनि टोल,वडा,नगर, गाउँ ,जिल्ला र केन्द्रीय स्तरमा संगठन विस्तार गर्न नसके पुनः नेपाली काँग्रेसले हार बेहोर्न बाध्य हुने चेतावनी समेत उनले दिए ।
यसैगरी नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँका सभापति बैकुण्ठ न्यौपानेले काँग्रेसका कार्यकर्ता विभिन्न झुन्ड ,गुटबन्दी र लहलहैमा लागेर विचलित हुन नहुने बताए । उनले वर्तमान सरकार अधिनायकवादी शैलीमा अगाडि बढेको आरोप पनि लगाए।
यसैगरि नेपाली काँग्रेस ब्यास नगर कार्य समितिका सभापति शान्तिरमण वाग्लेले विपिको विचार र सिद्धान्त अनुसार काँग्रेस कार्यकर्ता हिड्न अझैपनि नसकेको बताए। नेता र कार्यकर्ता उ तेसको म उसको भनेर गुट उपगुटमा भागबण्डा र हिलो छ्यापाछ्यप गरि रहदाँ पार्टी नै धरासायीको स्थितीमा पुग्न सक्ने बताए । नेपाली काँग्रेसका सबै तह र तप्काका क्रियाशील कार्यकर्ताहरुले आत्मा समीक्षा गर्नुपर्ने बेला आएको पनि उनले बताए ।
ब्यास-५ पराशर गुफासगै रहेको खुला मैदानमा आयोजित विपि कोईराला स्मृतिसभामा २ सय बिरुवा रोपिएको थियोे । कार्यक्रममा पुर्व राज्य मन्त्री अमरराज कैनी,गण्डकी प्रदेशका सदस्यहरु सरिता गुरुङ र दोवाटे विक ,भानुनगरपालिकाका प्रमुख उदयराज गौली,नेपाली काँग्रेसका पुर्व सभापति रघुनाथ पौडेल, नेपाली काँग्रेस नगर कार्य समितिका सचिव मोहन श्रेष्ठ लगायतले काँग्रेसले संगठन सुदृढीकरणका लागि जति सक्दो धेरै क्रियाशील सदस्यता बढाउनु पर्ने ,पार्टीका विभिन्न भातृसंगठनहरुलाई सक्रिय गराई एकसुत्रमा बाधिन सुझाव दिएका थिए।
FACEBOOK COMMENTS