मुग्लिन । मुग्लिन नारायणगढ सडक खण्ड फेरी अवरुद्ध भएको छ ।
आइतबार बिहान करिब ४ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा ८ बजे पहिरो पन्छाएर दुईतर्फी सुचारु गरेको केहि समयपछि फेरी पहिरो आएको हो ।
अहिले पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्यालेस्टिनी बाल राहत कोषले २०२४ मा आफ्नो विदेश उपचार कार्यक्रम अन्तर्गत गाजाबाट १६९ बालबालिकालाई बाहिर निकालेको बताएको छ । यी बालबालिकाहरूलाई उपचारको लागि मध्य पूर्व, युरोप, दक्षिण अफ्रिका र अमेरिका लगिएको थियो ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेदेखि लगभग दुई वर्षदेखि चलिरहेको युद्धमा गाजाका अधिकांश अस्पतालहरू ध्वस्त भएका छन् । यहाँका मानिसहरूले खाद्यान्नको चरम अभावको सामना गरिरहेका छन् ।
FACEBOOK COMMENTS