काठमाडौ । मन्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार संस्थाको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले ३१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९।९७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष संस्थाले २२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीसँगै संञ्चालन आम्दानीमा वृद्धि हुँदा संस्थाको खुद नाफा बढेको हो । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
यो अघिल्लो वर्षको तुलनामा १६।५१ प्रतिशतले बढेको हो । साथै, संस्थाको सञ्चालन मुनाफा ४८।५० प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाको वितरण योग्य मुनाफा ३५ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
संस्थाको निक्षेप २५।८९५ ले बृद्धि भएर २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा १९।६५५ ले बृद्धि भएर १८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको मन्जुश्रीको रिटेन्ड अर्निङ ७३ करोड ८२ लाख रुपैयाँ, र जगेडा कोषमा समेत ७३ करोड ८२ लाख रुपैयाँ संञ्चित रहेको छ । समीक्षा अवधिमा संस्थाको खराब कर्जा ३।२२ प्रतिशतबाट घटेर ३।११ प्रतिशत पुगेको छ । नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी ६ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ २६ पैँसा पुगेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS