काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दुई वटा घोषणा गरेका छन् ।
२ महिनाभित्र काठमाडौँ उपत्यकाका जुनसुकै सार्वजनिक स्थानमा गए पनि नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।
त्यस्तै पाँच महिनाभित्र राजधानीसहित देशभरका सात वटै प्रदेशका १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेटको पहुँच हुनेछ ।
खरेल आजमात्रै सञ्चारमन्त्रीमा नियुक्त भएका थिए ।
FACEBOOK COMMENTS