काठमाडौं । अन्तरिम सरकार गठनसँगै रक्षा र गृह मन्त्रालयका सचिव फेरबदल भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत तीन जना सचिवको सरुवा गर्ने क्रममा रक्षा र गृहसचिव फेरबदल गरेको हो ।
स्रोतका अनुसार, रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ भने गृह मन्त्रालयमा कार्यरत सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सचिवका रूपमा सरुवा गरिएको छ ।
यसैगरी, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
FACEBOOK COMMENTS