काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूले नवलपरासीस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।
आफ्ना ग्राहकलाई सो छुट सुविधा उपलब्ध गराउन बैंकले रिसोर्टसँग विशेष सम्झौता गरेको छ ।
सम्झौतासँगै बैंकका ग्राहकहरुले सो रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
यो सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS