काठमाडौँ । थाइल्याण्डस्थित नेपाली दुताबासले म्यानमारबाट दुई नेपाली युवाको उद्दार गरेको छ ।
अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याएजो दुतावासले जानकारी गराएको छ । उनीहरुलाई आजै नेपाल फर्काइएको छ ।
सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा दुताबासले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS