काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले रोजगारीको सिलसिलामा देश बारिह रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताएकी छिन् ।
बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले विदेश बाट पनि मतदान गर्न मिल्ने गरि छलफल भैरहेको बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशसमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ ।’
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तीनका हकहितको संरक्षण एवं गैर नेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको पनि प्रधानमन्त्री कार्कीले उल्ल्ेख गरेकी छिन् ।
FACEBOOK COMMENTS