विराटनगर । सुनसरीको इटहरीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
खोटङ घर भई इटहरी उपमहानगरपालिका–१२ मा डेराभाडामा बस्ने खोटाङको ऐसलुखर्क गाउँपालिका–१ की २५ वर्षीया अनिसा भट्टराईको हत्या गरेका हुन् ।
घटनामा संलग्न रहेको आरोपमा श्रीमान् सुमन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुवास हमालले दाहाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी बताए ।
घरेलु विवादका क्रममा सुमनले अनिसालाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए । घटनापछि गम्भीर घाइते भएकी अनिसालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट शिक्षण अस्पताल पुर्याइएको थियो ।
FACEBOOK COMMENTS