काठमाडौं । रोशीखोलाको सतह बढ्दै गएपछि बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाइएको छ ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकालले बीपी राजमार्गमा पर्ने रोशी खोलामा पानीको बहाव बढेको, विभिन्न स्थानमा खहरेखोलामा पहिरो सहित लेदो आएको र केही स्थानमा ढुंगाहरू
राजमार्गमा झरेको कारण बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाएको जानकारी दिए ।
शुक्रबार रातिबाटै काभ्रेका अधिकांश स्थानमा पानी परिरहेकोले रोशी खोलाको बहाव अत्यधिक बढेको र राजमार्ग डाईभर्सनको रुपमा रहेकोले सम्भावित जोखिम न्यूनीकरणका लागि बीपी राजमार्गमा
आवतजावत गर्ने सबै सवारी साधन पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
११ बजेदेखि ठूलो पानी पर्ने मौषमविद्को जानकारी अनुसार काभ्रे जिल्लामा थप तयारीको लागि जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाईएको समेत प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।
FACEBOOK COMMENTS