काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको छानविनलाई सघाउन आफूहरू तयार रहेको बताएका छन् ।
च्यासलस्थित पार्टी मुख्यालयको भग्नावशेषमा पत्रकार सम्मेलन गरी उनले नेकपा एमाले र एमालेका नेताहरूमाथि भ्रष्टाचारको कुनै आशंका छ भने छानविनको दायरामा आउन तयार रहेको बताएका हुन् । तर, त्यसको सुरूवात वर्तमान सरकारका अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङबाट गर्नुपर्ने शर्त अघि सारेका छन् ।
अर्थमन्त्री खनाल पूर्वसचिव भएको नाताले उनीबाटै छानविन सुरू गर्नुपर्ने नेता बस्नेतको भनाइ छ । यस्तै, मन्त्री घिसिङविरुद्ध अख्तियार, सम्पत्ति शुद्धीकरण र संसदीय समितिहरूमा समेत दर्जनौँ मुद्दा रहेका कारण उनीमाथि पनि छानविन थाल्नुपर्ने तर्क बस्नेतको छ ।
सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरू गर्ने कि नगर्ने भन्दै उनले सरकारतिरै गम्भीर प्रश्न गरेका छन् ।
यसैगरी उनले जेन्जीले उठाएका मागहरू पुराना दल त्यसमा पनि एमालेले नै पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । एमालेमाथि भ्रष्टाचारको कुनै शंका छ भने छानविनका लागि तयार रहेको विश्वास उनले व्यक्त गरेका छन् ।
यो पनि पढ्नुहोस्–
संसद पुनर्स्थापना गरेर चुनावमा विदेशीका मतियारलाई धुलो चटाउँछौँ : महेश बस्नेत
जेनजी आन्दोलनमा नायक मानेका कैयौं पात्र खलनायक बने: महेश बस्नेत
FACEBOOK COMMENTS