काठमाडौं । सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादी दिपक भट्ट र सुलभ अग्रवालको हिरासत अवधि थप गरिएको छ।
आज भएको सुनुवाइमा प्रतिवादी दिपक भट्टको हकमा आठौं पटक तथा प्रतिवादी शुलभ अग्रवालको हकमा नवौं पटक ३र३ दिन म्याद थप गरिएको हो।
विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र न्यायाधीश उमेश कोइरालाको इजलासले अनुसन्धान कार्यलाई निरन्तरता दिन दुवै प्रतिवादीको म्याद थप गर्ने आदेश दिएको हो।
उक्त मुद्दामा सम्बन्धित निकायबाट अनुसन्धान कार्य जारी रहेको छ। प्रशासन शाखाका अनुसार अनुसन्धानको प्रगतिअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।