काठमाडौैं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व चयन भएको छ ।
नेतृत्व विवाद, कार्यसमिति विघटनको अवस्था र संगठनात्मक अस्थिरतापछि आइतबार भएको विशेष साधारण सभा तथा निर्वाचनले डिकबहादुर खत्री ‘कुमार’ को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थित दुईवटा प्यानलका उम्मेदवारहरूलाई पराजित गर्दै एमाले र नेपाली कम्युनिष्ट पार्टीनिकट व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको हो । सातमध्ये एक पदाधिकारी र १० मध्ये ८ जना कार्यसमिति सदस्य सयुक्त प्यानलबाटै निर्वाचित भएका छन् ।
संघको नयाँ प्रथम उपाध्यक्षमा महेश कुमार बस्नेत र द्वितीय उपाध्यक्षमा अनिल बोगटी संयुक्त प्यानलबाट र तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल लोकतान्त्रिक प्यानलबाट निर्वाचित भएका छन् ।
संघको महासचिवमा संयुक्त प्यानलका हरि/हिरा बहादुर डाँडी निर्वाचित भएका छन् । यसैगरी सचिवमा केदारनाथ अधिकारी र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भएका छन् । सचिव र कोषाध्यक्ष निर्वाचित अधिकारी र सिञ्जाली संयुक्त प्यानलकै उम्मेदवार हुन् ।



यसैगरी सदस्यहरूमा रमा खड्का (३३६), तारा तामाङ (३०१), तारामणि राई (२८४), ध्रुव जीसी (२७०), भावना गजुरेल (२५९), रवीन्द्र राई (२५८), विवश ढुङ्गाना (२५४), दीक्षा थपलिया (२५२), बाबुराम न्यौपाने (२५०) र गीता राउत (२३३) मतसहित निर्वाचित भएका छन् । निर्वाचित १० जना सदस्य मध्ये दीक्षा थपलिया र गीता राउत लोकतान्त्रिक समूहका हुने भने बाँकी सबै संयुक्त प्यानलका उम्मेदवार हुन् ।

प्राप्त परिणाम अनुसार १७ सदस्यीय कार्यसमितिमा रास्वपानिकट व्यवसायीहरूको समूहबाट एक जना पनि उम्मेदवार निर्वाचित बन्न सकेनन् ।
विशेष साधारण सभाअन्तर्गत भएको निर्वाचनमा नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेपाली कांग्रेसनिकट केही व्यवसायीहरूलाई समेत मिलाएर डिकबहादुर खत्री ‘कसमार’को नेतृत्वमा ‘संयुक्त व्यवसायी प्यानल’ खडा गरेको थियो ।
यस्तै, नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशनले संघका पूर्वमहासचिव मेघनाथ भुर्तेलको नेतृत्वको प्यानल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट वैदेशिक रोजगार व्यवसायीहरूले संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको नेतृत्वमा प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।
सात जना पदाधिकारीसहितको १७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि ५१ जना भन्दा बढीले उम्मेदवारी दिएका थिए । आइतबार सम्पन्न मतदानमा संघका कुल ७७४ मतदातामध्ये ७१९ जनाले मतदान गरेका थिए ।
पदाधिकारीमा कसले कति मत पाए ?

सदस्यहरूको मतपरिणामको पूर्ण विवरण–

किन गरियो विशेष साधारण सभा ?
सुरूमा संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङको कार्यशैली मन नपरेको भन्दै असन्तुष्ट पक्षका बहुमत पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए । उक्त राजीनामालाई आधार बनाउँदै सल्लाहकार समितिले साविकको कार्यसमिति स्वत: विघटन भएको भन्दै अधिकार आफ्नो हातमा लिन ‘प्रबन्ध समिति’ गठन गर्यो । प्रबन्ध समिति तत्कालीन अध्यक्ष भुवनसिंह गुरुङ नेतृत्वको निर्वाचित कमिटीको विकल्पका रूपमा अघि बढेपछि संस्थापन र असन्तुष्ट पक्षबीच विवाद तीव्र बनेको थियो ।
विवादका कारण संघमा अन्योलता सृजना भएपछि साविकको कार्यसमिति विघटनको दाबी, बहुमत पदाधिकारी र सदस्यहरूको राजीनामाको विषय जानकारी गराउँदै असन्तुष्ट पक्षले विशेष साधारण सभाको मागसहित जिल्ला प्रशासन कार्यालय (सीडीओ), काठमाडौंमा उजुरी दिएको थियो । सो उजुरीका आधारमा सीडीओ कार्यालयले विशेष साधारण सभा गरी नयाँ नेतृत्व चयन गर्न हस्तक्षेपकारी निर्देशन दिएको थियो ।
सोही निर्देशनका आधारमा हिजो आइतबार संघको विशेष साधारण सभा र नयाँ नेतृत्व चयनका लागि निर्वाचन समेत भएको थियो । सोही साधारण सभाले संघलाई ‘फ्रेस म्यान्डेट’ प्रदान गरेको हो ।