काठमाडौं । शिक्षामन्त्री महावीर पुनले जेन्जी जीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गर्दा झनै धेरै नोक्सान हुने टिप्पणी गर्दै जेन्जीजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई गुटबन्दी नगर्न अनुरोध गरेका हुन् ।
उनले गुटबन्दी र खुट्टा तानातान भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा इतिहासको पानाबाट पनि सिकौं भन्दै पाँच वटा उदाहरण समेत दिएका छन् ।
चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ। त्यसैको परिणाम स्वरूप जेन्जीजीहरु र आम जनताहरु मिलेर विष्फोटन स्वरूप आन्दोलन गरेको हो।
आन्दोलन जेन्जीहरुले सुरुवात गरेको भएता पनि आम जनताले सहयोग गरेका छन् किन भने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्वाद भएको देख्न नसकेर चरम आक्रोसित भएका थिए ।
मन्त्री पुनले इतिहास हेरेर जेनजीहरुले पाठ सिक्न अनुरोध गर्दै जेन्जी को बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी भएको टिप्पणी गरेका छन् ।
FACEBOOK COMMENTS