काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेस्ट बैंकको बारेमा चिन्ता नलिन आग्रह गरेका छन् । उनले इजरायललाई वेस्ट बैंकमा केही गर्न नदिने बताउँदै यसको बारेमा चिन्ता नलिन आग्रह गरेका हुन् ।
इजरायली संसद्ले वेस्ट बैंकका केही भागहरूमा इजरायली कानुन लागू गर्ने प्रस्ताव गरेको विधेयकलाई प्रारम्भिक स्वीकृति दिएपछि ट्रम्पको यस्तो बयान आएको हो । इजरायलको यो कदमलाई वेस्ट बैंकलाई विलयतर्फको पहिलो कदमको रूपमा हेरिएको थियो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि राष्ट्रपति ट्रम्पको अडानलाई दोहोर्याउँदै इजरायलको प्रयासलाई ‘राजनीतिक स्टन्ट र मूर्खता’ भनेका छन् ।
त्यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस्तो कदमले गाजा युद्ध अन्त्य गर्ने ट्रम्पको शान्ति योजनालाई गम्भीर रूपमा क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन् ।
FACEBOOK COMMENTS