काठमाडौं । सोलुखुम्बु लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेका पाइलट विवेक खड्का सकुशल रहेका छन् ।
लुक्ला विमानस्थल प्रमुख जेनिश राजभण्डारीका अनुसार खड्कालाई कैलाश एयरको हेलिकप्टरले उद्धार गरेर लुक्ला विमानस्थल पुर्याएको छ । उनी सकुशल रहेको र अस्पताल जान पर्ने अवस्थामा समेत नरहेको बताइएको छ ।
हेलिकप्टर दुर्घटनापछि लुक्ला विमानस्थलले रामेछाप र काठमाडौंका लागि हुने नियमित उडानहरू रोकेको छ ।
यो समाचार पनि पढ्नुस्-
लोबुचे हिमाल पुगेको हेलिकोप्टर दुर्घटना

FACEBOOK COMMENTS