काठमाडौं । विद्युत् विकास विभागले हालसम्म कूल २७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ ।
विभागले चालू आर्थिक वर्षमा मात्रै तीनवटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ ।
भेरी करिडोरमा निर्माण हुने जलविद्युत् आयोजनालाई लक्षित गरी ७५ किलोमिटर दूरीको ४०० केभीको नलगाड–मैनताडा, ४.३८ किलोमिटर दूरीको ३३ केभी खोरुङ्गा खोला प्रसारण लाइन र सुपर सर्दी खोलाको बिजुली प्रवाह गर्न ३३ केभीको ३.६८ किलोमिटरका लागि अनुमित दिएको हो ।
नलगाड–मैनताडा प्रसारण लाइनले २ हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । यसका लागि राष्ट्रिय प्रसारण ग्रीड कम्पनीलाई अनुमतिपत्र प्रदान गरिएको छ ।
यो सँगै विभागले हालसम्म कूल २७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकेको हो ।

FACEBOOK COMMENTS