काठमाडौं, साउन १९ — जोन्टा क्लब काठमाडौंले विशेष गरी लकडाउन पछि महिला विरुद्ध हुने घरेलु हिंसाको बढ्दो घटनाहरुको प्रतिकृयाको रुपमा “बन्द ढोका पछाडीः कोभिड—१९ को समयमा घरेलु हिंसाको सत्यता” शिर्षकमा डिजिटल प्यानल सेशनको आयोजना गरेको छ । यस सेशनको उद्देश्य लकडाउनको दौरान महिला विरुद्ध हुने हिंसाको बढ्दो घटनाको समाधान खोज्ने र जागरुकता ल्याउने रहेको थियो । मुद्दामा समग्र समिक्षा प्रदान गर्ने यो पहिलो सेशन थियो ।
नेपाल सरकारले कोभिड—१९ को फैलावटलाई कम गर्न चैत १०, २०७६ बाट देशव्यापी लकडाउन लागू गरेको थियो । यससंगै, महिला र केटीहरु विरुद्ध हुने हिंसा विशेष गरी घरेलु हिंसाका घटनाहरु ४०५ ले वृद्धि भएका छन् । घरभित्र बस्नु भाइरसको जोखिमबाट बच्ने उपायको रुपमा मानिएको छ, महिलाहरु आफ्नो घरभित्र अपराधीहरुसंग फसेका छन् र उनीहरुसंग सुरक्षाको पहुँच छैन । त्यस्तै बढ्दो मानसिक स्वास्थ्यका मुद्दा र आत्महत्या पनि अत्यन्त चिन्ताको विषय हो ।
बन्दना राणा, यूएनको महिला विरुद्ध हुने सबै प्रकारको विभेद अन्मूलन महासन्धि समितिकी उपाध्यक्ष तथा यस प्यानलकी एक वक्ताले टिप्पणी गर्नुभयो, “कोभिड—१९ महामारीले विश्वव्यापी रुपमा विनाश ल्याएको छ र साथै अर्को प्रकारको संकट ल्याएको छ जसलाई यूएनले “छाँया महामारी” घोषणा गरेको छ । छाँया महामारीले कोभिड—१९ को बीच बढेका घरेलु हिंसालाई जनाउँछ जसलाई प्राथमिकता र सम्बोधन गर्न आवश्यक छ ।”
जोन्टियन सीमा गोल्छा, जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्षले भन्नुभयो, “जोन्टा क्लब काठमाडौंको उद्देश्य शारीरिक र मानसिक रुपमा घरेलु हिंसाबाट पिडित महिला र केटीहरुको आवभगत गर्नु हो जो लकडाउनका कारण अपराधीहरुसंग फसेका छन् । डिजिटल प्यानल सेशनमार्फत हामी यस्ता घटनाहरुलाई मिडियामा अगाडि ल्याउँन चाहन्छौं ताकि कार्य र समाधान बाहिर आउन सकोस् ।”
यो सेशन यशोदा तिमसिना, डीसी सल्लाहकार÷सम्पादक, राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्तले मध्यस्थ गरेकी थिइन ।
प्रतिष्ठित प्यानलिस्टहरु निम्न रहेका थिए :
– बन्दना राणा, यूएनको महिला विरुद्ध हुने सबै प्रकारको विभेद उन्मूलन महासन्धि समितिकी उपाध्यक्ष
– एस.एस.पी. किरण बज्राचार्य, नेपाल प्रहरी
– डा.मीता राणा, सह प्राध्यापक तथा क्लिनिकल मनोबैज्ञानिक
– प्रोफेसर.डा. शशी कुमारी अधिकारी, महिला अधिकारवादी, वरिष्ठ अधिवक्ता
– सन्जोग ठकुरी, अन्तरवर्गिय फेमिनिस्ट तथा संस्थापक अध्यक्ष, हामी दाजुभाई
जोन्टा क्लब काठमाडौंका बारेमा
जोन्टा क्लब काठमाडौं कानुनी रुपमा दर्ता भएको गैर नाफामुलक सरकारी संस्था हो जसले महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ । यो क्लबमा विभिन्न पृष्ठभूमिका ५४ सदस्यले प्रतिनिधित्व गरिरहेका छन् जो सामाजिक सक्रियतावादी, बैंकर, उद्यमी, डाक्टर, वकिल, आर्किटेक्ट, व्यवसाय नेतृत्व र प्रोफेशनलहरु छन् । महिला हिंसाको विरुद्ध कडा वकालक गर्नुका साथै जोन्टाले महिला सशक्तिकरण गर्ने उद्देश्यका लागि जागरुकता र वकालतलाई मजबुद अंशको रुपमा लिन्छ ।
FACEBOOK COMMENTS