काठमाडौं । जीडब्लुएम अर्थात ग्रेटवाल मोटरको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले ट्यांक सिरिजको नयाँ ट्यांक ३०० एचईभी र ट्यांक ५०० पीएचईभी औपचारिक रुपमा सार्वजनिक गरेको छ ।
यसले प्रिमियम एसयूभी क्षेत्रमा नयाँ युगको सुरुवात गरेको कम्पनीको भनाइ छ । लक्जरी, प्रविधि र दमदार अफरोड क्षमताको संयोजन सहित यो सिरिजले हरेक भूभागमा आत्मविश्वासका साथ ड्राइभ गर्ने अनुभवलाई नयाँ परिभाषा दिएको छ ।
चेङदु अटो शो २०२१ र सन् २०२२ मा चीनमा प्रस्तुति दिएपछि ग्राहकहरुको मन ट्यांकले जितिसकेको बताइएको छ । हाल इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्यान्ड जस्ता बजारहरुमा शक्ति, शैली र विश्वसनियताका लागि यो प्रसिद्ध छ ।
हाल अष्ट्रेलिया, मध्य एसिया, एसियन राष्ट्र, मध्यपूर्व र दक्षिण अफ्रिका जस्ता अन्तर्राष्ट्रिय बजारहरुमा विस्तार गरिसके पछि ४ लाख भन्दा बढी बिक्री हासिल गर्दै अफरोड प्रेमीहरुको नयाँ रोजाइ बनिसकेको छ ।
वार्षिक रुपमा ८७.५९ प्रतिशतको वृद्धिदर देखिएको अफरोड संस्कृतिको विकासतर्फ ट्यांक ब्रान्डको प्रवेशले नेपालमा सो संस्कृतिलाई अझै बढाउनुका साथै जीडब्लुएमको बजारप्रतिको प्रतिबद्धतालाई समेत दर्शाएको कम्पनीले जनाएको छ ।
जीडब्लुएम ट्यांकका यी अफरोड एसयूभी सबै भूभागका लागि उपयुक्त छन् । यसमा एड्भान्स्ड फोर ह्विल ड्राइभ प्रणाली सहितको ढु्ंगा, बालुवा, हिलो र हिउँका लागि विभिन्न मोडहरु उपलब्ध छन् । यसलाई हाइब्रिड शक्ति र प्रदर्शनको अफरोड सवारी भन्न सकिन्छ, जस अन्तर्गत ट्यांक ५०० पीएचईभीले टर्बोचाज्र्ड इन्जिन र शक्तिशाली इलेक्ट्रिक मोटरको संयोजनमार्फत तुरुन्त टर्क र उत्कृष्ट आयल दक्षता प्रदान गर्छ ।

जीडब्लुएम ट्यांकमा भएको प्रिमियम इन्टेरियर, उच्च गुणस्तरका सामग्री, डिजिटल डिस्प्ले र इन्टेलिजेन्ट सिस्टमहरुले एसयूभी अनुभवलाई नयाँ स्तरमा पुर्याउँछन् । त्यसैगरी स्मार्ट सेफ्टी र प्रविधि अन्तर्गत एडास, ३६० डिग्री क्यामेरा र इन्टेलिजेन्ट ड्राइभ असिस्ट प्रणालीले सडकमा वा अफरोडमा अधिकतम नियन्त्रण सुनिश्चित गर्छ ।

यी गाडीमा भएका आकर्षक डिजाइन र बलियो रुपले जीडब्लुएमको ‘पावर विथ परपोज’ भिजनलाई व्यक्त गरेको छ । जीडब्लुएम ट्यांक ३०० र ट्यांक ५०० अब नेपाली बजारमा २.० लिटर टर्बो पेट्रोल एचईभी र पीएचईभी भेरिएन्टमा उपलब्ध छन् ।

९–स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध यी गाडीले क्रमश? ३५१ पीएस पिकअप पावर र ६४८ एनएम टर्क तथा ४०८ पीएस पावर र ७५० एनएम टर्क जेनेरेट गर्छन् । यसका कारण पहाड वा राजमार्गका सबै यात्राहरु सहजै जित्का लागि यी एसयूभी तयार भएको भीजी इम्पेक्सले जनाएको छ ।

FACEBOOK COMMENTS