काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा पनि नेताहरुले धारणा राख्नेक्रम जारी रहेको छ । बुधबारको बैठकमा सहमहामन्त्री महेन्द्र यादवसहित ११ केन्द्रीय सदस्यहरुले धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
आजको बैठकमा सहमहामन्त्री महेन्द्र यादवसहित केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा। शशांक कोइराला, बलबहादुर के।सी।, डा। नारायण खड्का, रमेश लेखक, कल्पना चौधरी, जीतजंग बस्नेत, सुजाता परियार र श्यामकुमार घिमिरेले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
बैठकमा विजय गच्छादारले पुसभित्र नियमित महाधिवेसन गर्नुपर्ने धारणा राखेका थिए भने रमेश लेखकले विशेष महाधिवेशनमा जान नहुने बताएका थिए । त्यस्तै बैठकमा जितजंग बस्नेतले विशेष महाधिवेशन गरेर महामन्त्रीद्वयले पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका थिए । त्यस्तै विमलेन्द्र निधि लगायतले चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए । त्यसैगरी श्याम घिमिरेले संसद पुनस्थापनामा जानुपर्ने धारणा राखेका थिए ।
कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । कार्यसमितिको बैठक विहिबार बिहान ११स् ३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने मुख्यमन्त्री पौडेलले जानकारी दिएका छन् ।


FACEBOOK COMMENTS