काठमाडौं । अभिनेत्री केकी अधिकारीले अर्की अभिनेत्री रिमा विश्वकर्मालाई राजनीतिक जीवन सफलताका लागि शुभकामना दिएकी छन् ।
ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’ मार्फत् राजनीतिमा प्रवेश गरेकी रिमालाई शुभकामना दिँदै केकीले लेखेकी छन्–
मेरी प्यारी साथी रिमा विश्वकर्मालाई ऊर्जामन्त्री कुलमान घिसिङले गठन गर्न लागेको नयाँ पार्टी उज्यालो नेपाल पार्टीसँगै राजनीतिमा प्रवेश गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना !
तिमी सही र न्यायको पक्षमा आफ्नो विचार व्यक्त गर्न कहिल्यै डराइनौ । तिम्रो यो निडरता र साहस नै तिम्रो सबैभन्दा ठूलो शक्ति हो ।
मलाई विश्वास छ, तिमीले निष्ठा र इमानदारीपूर्वक यो नयाँ भूमिकामा पनि उत्कृष्टता हासिल गर्नेछ्यौ ।

देश र जनताको सेवामा तिम्रो राजनीतिक यात्रा ऊर्जाशील बनोस् !

शुभकामना, प्रिय साथी !

FACEBOOK COMMENTS