काठमाडौं । सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ ।
यहाँ बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो ।
सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ । अहिले बारामा कफ्र्यु आदेश जारी भएको छ ।
जसले गर्दा आजका लागि निर्धारित उडानहरू रद्द गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
यो समाचार पनि पढ्नुस्-

सिमरा उड्न लागेका एमाले नेता शंकर पोखरेल र महेश बस्नेतलाई जहाजबाट ओरालियो

FACEBOOK COMMENTS