काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी महासचिव शंकर पोखरेलसहित आफूहरूलाई विभिन्न दलसँग आवद्ध अराजक भीडले अवरोध गरेको बताएका छन् ।
बाराको परवानीपुरमा हुने मधेश प्रदेशस्तरीय युवा भेलालाई सम्बोधन गर्न हिँडेका नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई काठमाडौं विमानस्थलमै रोकिएपछि उनले जेन जीको नाममा विभिन्न राजनीतिक दलसँग आवद्धहरूलाई उतारेर अवरोध गरिएको बताएका हुन् ।
उनले भनेका छन्–
राष्ट्रीय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कफ्र्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो ।
सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ ।

हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो? नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन् ।

हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ ।

लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ ।”

FACEBOOK COMMENTS